Incident Reports

जग्गा फुकुवाको माग गर्दै मालपोत कार्यालयमा धर्ना

2017-01-26

अख्तियारले जग्गा किनबेचमा रोक लगाएपछि नवलपरासीका तीन हजार घरपरिवार जग्गा फुकुवाको माग गर्दै मालपोत कार्यालय धर्ना दिएका छन् । लालपुर्जा आफ्नो हाथमा छ, जग्गा पनि आफूसंगै छ, जोतभोग पनि गर्दै आएका छ तर अख्तियारले बिना कारण जग्गा किनबेच तथा पास गर्न र धरौटी राख्न समेत नपाउने गरी रोक्का गरिदिएपछि उनीहरु समस्यामा परेका छन् । नवलपरासीको नयाँ बेल्हानी, रजहर, देउराली गाविस र साविकको शिवमन्दिर, अमरापुरी, देवचुली, तमसरिया, कावासोती र नारायणी गाविसका बासिन्दाहरुको करिब तीन हजार घर परिवारको जग्गा अहिले यसरि रोकिएको हो । आफ्नो जग्गाको किनबेच तथा नक्सा पासमा रोक लागेपछि दैनिक जीवनयापनमै कष्टकर भएको भन्दै पिडितहरुले जग्गा फुकुवा गर्न माग गर्दै बिहीबार मालपोत कार्यालय कावासोती अगाडी धर्ना दिएका छन् । सुकुमबासी समस्या समाधान आयोग नवलपरासीका अद्यक्ष मनशोभा पाण्डे अद्यक्ष हुँदा पाण्डेयले नक्सा प्रमाणीत गरेको कारण देखाउँदै भएको जग्गा रोक्का, फुकुवा गर्न माग गर्दै पिडितहरु आन्दोलित भएका छन् । धर्नामा करिब पाँच सय जनाको सहभागिता रहेको थियो । संघर्ष समितिकी संयोजक रमिला भुजेलले पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउंदासमेत आफुहरुको समस्याको बिषयमा वास्ता नभएकोले आन्दोलन गर्नुपरेको बताए । धर्नाका कारण मालपोतको कामकारबाही ठप्प भएको छ । कावासोती मालपोत कार्यालयमा दैनिक तिन सय हाराहारीमा सेवाग्राही आउने गरेका छन् । २०३६ साल, २०४१ साल, २०४६ साल र २०५५ सालमा बुटवल क्षेत्रीय बसोबासले वितरण गरेको जग्गाको २०६७ सालमा तत्कालिन समयमा सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीको अद्यक्ष रहेकी मनशोभा पाण्डेले नक्सा प्रमाणित गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of private land
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments