Incident Reports

पत्रकार महासंघ काठमाडौँमा तोडफोड

2017-01-24

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा नयाँ सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि कार्यालयमा मंगलबार तोडफोड गरिएको छ । महासंघ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल ५ सय ५३ को आवेदन परेको र ४ सय ४० लाई सिफारिस गरिएकोमा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुन अध्यन थालेको छ । सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकुटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही संगठनले कार्यलय तोडफोडको प्रयास भएको जनाएका थिए । जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासंघ केन्दले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टुङ् गो लगाउँदै छ । शाखाका अध्यक्ष गोविन्द चौलागाँईले पक्रिया पुर्याउने नाममा गैरपत्रकार नपरुन र कार्यरत पत्रकार नछुटुन् भन्ने ध्येयका साथ काम भइरहेकोले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेबार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिनुभयो । यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द केसीले प्रेस विज्ञप्ती जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोड प्रयास नगरेको जिकिर गर्नुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments