Incident Reports

जिल्ला विकास समिति सिरहामा घेराबन्दी

2017-01-26

पूर्व गाविस दुर्गापुरलाई धनगढीमाई नगरपालिकामा समायोजन गरिएको विरोधमा बिहीबार जिल्ला विकास समितिको कार्यालय सिरहाको कार्यालयमा घेराबन्दी गरिएको थियो । गाविस दुर्गापुरलाई भौगोलिक दृष्टिले जनतालाई पायक पर्ने गोलबजार नगरपालिकामा समायोजन गरियोस भनी स्थानीय बुद्धिजिाी, समाजसेवी, राजनीतिक दलहरुको सल्लाहबिना एकल निर्णयको विरुद्धमा गाविसका सयौँको संख्यामा महिला पुरुषहरु नाराजुस गर्दै जिविसलाई घेराबन्दी गरेका थिए । उक्त विरोध जुलुस स्थानीय नेकपा माओवादी केन्दका केन्दिय सदस्य बिजय कुमार सिंह, नेकपा एमालेका क्षेत्रिय बैकल्पिक सदस्य जुगुतलाल मोचि, नेपाली काँग्रेसका जिल्ला सदस्य नन्त कुमार महतोको संयुक्त नेतृत्वमा भएको थियो । यस सम्बन्धमा जिविस कार्यालयमा आएका निवेदनलाई माघ ६ र १२ गते आएको संयुक्त निवेदन कार्यवाहीको लागि गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग काठमाडौँ पठाइसकिएको छ र कार्यान्वयनको लागि दबाब दिन जाने डेलिगेसनमा आफु पनि सहभागि हुन सक्ने कुरा स्थानीय विकास अधिकारी सुरेश राउतले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis