Incident Reports

हतियार सहित पक्राउ ।

2017-01-26

Madhes, Parsa, Chhipaharmai, Ward 1

जयमंगलपुर–९ बस्ने ३० वर्षीय शेख तवरेजलाई १ थान बन्दुक र त्यसमा प्रयोग हुने ४ राउण्ड गोली सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सडकमा गस्तीमा हिँडिरहेको प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेका तवरेजलाई नियन्त्रणमा लिई शरीर तलासी गर्दा उक्त बन्दुक फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments