Incident Reports

ट्राफिक हवल्दारलाई कारबाहीको माग गर्दै चक्काजाम

2017-01-25

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम, माघ १२ – जनकपुरमा एक ट्राफिक हवल्दारले सवारी चेकजाँचको क्रममा सर्वसाधारण माथि कुटपिटसंगै अभद्र व्यवहार गरेका छन् । जनकपुरको रामानन्दचोकदेखि उत्तर बागवानी अगाडी बुधबार चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका ट्राफिक प्रहरी हवल्दार सुरेन्द्र प्रसाद यादवले धनुषा सपही-८ बस्ने राजेश यादव माथि हातपात र अभद्र व्यवहार गरेका हुन् । बुधबार विहान राजेश यादव मोटरसाइकलमा आफ्नी छोरीलाई उपचार गराउन श्रीमतीसंगै तीन जना मोटरसाइकलमा चढी जादै गर्दा ट्राफिक हवल्दार सुरेन्द्रले मोटरसाइकल रोक्न इसारा गरेका थिए । तर, पछाडिबाट ट्याक्टर आउदै गरेका कारण राजेशले केही अगाडी पुगि सडक छेउमा मोटरसाइकल रोक्दा प्रहरी हवल्दार सुरेन्द्रले आक्रमक रुपमा गएर मोटरसाइकलको साँचो खोस्दै मुखमा तीन-चार झापड हिर्काएको पिडित राजेशले दुखेसो पोखे । हवल्दार सुरेन्द्रको कुटपिटले राजेशको ओंठबाट रगत बगेको थियो । तत्पश्चात स्थानीय प्रत्यक्षदर्शी सर्वसाधारणहरुले ट्राफिक हवल्दार यादवको गुण्डागर्दीशैली विरुद्ध आक्रोशित भएका थिए । पिडित मोटरसाइकल चालक राजेशले आफुले न्याय पाउनु पर्ने माग गर्दै स्थानीयहरुलाई सहयोग गर्न गुहारेका थिए । स्थानीयवासीले समेत ट्राफिक हवल्दारले सवारी चेकजाँचका क्रममा नियम विपरीत वा कागज पत्र नभएको खण्डमा कानुनी कारबाही गर्नुको साटो कुटपिट गर्नु गुण्डागर्दी शैली भएको भन्दै कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए । उपस्थित सर्वसाधारण र प्रत्यक्षदर्शीले घटनास्थलमै ट्राफिक हवल्दारलाई कारबाहीको लागि प्रक्रिया सुरू गर्न अडान लिए पछि नेपाल प्रहरीका जवानहरुको सहयोगमा पिडित राजेशको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल पुर्याएको र राजेशलाई कार्यालयमा आउन भनेका थिए । तर पिडित राजेशले स्थानीयवासीको सहयोगमा सोही स्थानमा सडक अवरुद्ध गर्दै हवल्दार यादवलाई कारवाहीको माग गर्दै चक्काजाम गरेका थिए । चक्काजाम गरेको केही समय पश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिनन्दन चौधरी पुगि हातपात गर्ने प्रहरी हवल्दार सुरेन्द्रलाई कारबाही गर्ने पिडित र स्थानीय समक्ष प्रतिवद्धता जाहेर गरेपछि अवस्था समास्य भएको थियो । ट्राफिक प्रमुख चौधरीले हातपात गर्ने हवल्दार सुरेन्द्रलाई विभागीय कारबाही गर्ने र आइन्दा यस्ता क्रियाकलाप ट्राफिक प्रहरी जवानसंग नहुने र ट्राफिक प्रहरी जवानहरुलाई जनतासँग गर्ने व्यवहारको विषयमा प्रशिक्षण दिने प्रतिवद्धता समेत जनाएका थिए । छलफलमा संघीय समाजवादी फोरम धनुषा जिल्ला अध्यक्ष शेषनारायण यादव, रामानन्द युवा क्लबका निवर्तमान अध्यक्ष प्रकाश मिश्र, पत्रकार शैलेन्द्र महतो क्रान्ति, जनकपुर अंचल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको उपस्थिति रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments