Incident Reports

विरोध जनाउँदै प्रमलाई ज्ञापनपत्र

2017-01-15

Madhes, Bara, Kalaiya

पचरौतालाई सतमौजा नामबाट दुई टुक्रा बनाएको विरोधमा स्थानीयले कलैयामा प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन। बाराको पचरौता गाउंपालिका निर्माण संघर्ष समितिले आइतवार बाराका साहायक प्रमुख जिल्ला अधिकारि मुकेश केशरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका निर्माण संघर्ष समितिका संयोजक विनोदकुमार यादव नेत्रित्वको विरोध र्यालीमा नेविसंघका सहमहामन्त्री राजेश रौनियार, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकिशोर यादव, तमलोपाका केन्द्रिय सदस्य जीतेन्द्र सिंह एमालेका दिनानाथ सहनी, काँग्रेसका किशोरीप्रसाद यादवलगाएत स्थानीय सयौंको संख्यामा सर्वसाधारणको सहभागिता थियो। बेलदारी, पाकडिया, बेनौली, विष्णुपुर् र पिपरपाति गारी ५ वटा गाविसका राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरुले पहिचानमा रहेको ठाउँको नाम टुक्रा पारेर अरु गाउँमा मिलाउन खोजेको आरोप लगाउदै पाँचवटा गाविसलाई जोडेर पचरौता गाउँपालिका निर्माण गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई माग गरिएको नेताहरुको जनाएका छन्। यो माग नेताहरुको नभई स्थानीय जनताको रहेकाले सबै मिलेर पाँच गाविसको माग पुरा नभए कडा आन्दोलनमा जाने नेविसंघका सहमहामन्त्रि रौनियारले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis