Incident Reports

देवर-भाउजु गाउँ निकाला

2017-01-02

Province 1, Udayapur, Udayapurgadhi, Ward 6

उदयपुर, १८ पुस – अवैध सम्बन्ध राखेको आरोपमा उदयपुरको पञ्चावतीका देवर-भाउजुलाई स्थानीयले गाउँ निकाला गरेका छन् । पञ्चावती-४ स्थित नेपालटारकी २८ वर्षीया यशोदा गिरी र देवर २३ वर्षीय हिमाल गिरीलाई स्थानीयले गाउँ निकाला गरेका हुन् । उनीहरुबीच अवैध सम्बन्ध थाहा पाएर त्यसो नगर्न यसअघि नै स्थानीयले चेतावनी दिएकोमा नसुध्रेको भन्दै दुबैलाई गाउँ निकाला गरेको स्थानीयले बताएका छन् । देवरसंगको अवैध सम्बन्धबाट यशोदाको पेटमा ४ महिनाको गर्भ रहेको थाहा पाएपछि गाउँलेले सामाजिक बहिस्कार गरेका हुन् । उनीहरुबीचको कुकृत्य पत्ता लगाएर पटक पटक त्यसो नगर्न चेतावनी दिएकोमा सामाजिक छलफलको निर्णय नमानेर घृणित कार्य गर्न नछाडेपछि गाउँ निकाला गरेको स्थानीयले बताएका छन् । समाजले गरेको आग्रहलाई लत्याएर अवैध सम्बन्ध कायम राखेकै कारण सामाजिक बहिस्कार गर्नुपरेको उनीहरुको भनाइ छ । पिता विदेशमा रहेका बेला आमा गाउँ निकालामा परेपछि लालबालाको बिजोग भएको छ । यशोदाका श्रीमान इन्द्र गिरी दुई वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका छन् । इन्द्र र यशोदाको १५ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । श्रीमती र छोराछोरीको मुहार हँसिलो बनाउने सपना साचेर विदेशिएका इन्द्र श्रीमती र भाइको सम्बन्ध थाहा पाएर स्तब्ध छन् । ससुरा तारानाथ गिरीका अनुसार दुई वर्षको अवधिमा छोराले पठाएको ४ लाख रुपैयाँ सबै यशोदाले फजुल खर्च गरेर सकेकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Morang

0 Comments