Incident Reports

क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

2017-01-31

Sudurpashchim, Darchula, Shailyashikhar

गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८ गतेबाट क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा विद्यार्थीले लगाएको ताला माघ २३ गते राति तोडिएको छ भने क्याम्पसले लगाएको ताला भने यथावत छ । ताला कसले तोड्यो भन्ने बारेमा जानकारी हुन नसकेको विद्यार्थी नरेन्द्र विष्टले बताए । क्याम्पसमा लगाएको ताला तोडेको विषयमा छानबिन गर्न विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन् । विद्यार्थीहरूले पठनपाठन सुचारू गर्नुपर्ने, क्याम्पस प्रमुख नियमित रूपमा क्याम्पसमा हाजिर हुनुपर्ने, क्याम्स स्थापनादेखि हालसम्मको आय व्यय र्सार्वजनिक गर्नुपर्ने, क्याम्पस विधान, नियमावाली बनाउनुपर्नेलगायतका ११ बुँदे माग राखेका छन् । दुई साता अघि क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रमुखले केही राजनीतिक दलको सहमतिमा १५ जना प्राध्यापक भर्ना गरेपछि क्याम्पसमा विवाद भएको हो । ‘क्याम्पस नियुक्ति गोकुलेश्वर बजारको एक होटलमा भएको छ ।’-नेकपा एमालेका र्सवदलीय प्रतिनिधि बीरभद्र पाण्डेले भने । ‘कसैलाइ जानकारी नगराइ प्राध्यापक भर्ना गरिएकोले यसको खारेजी हुनुपर्छ । सामान्य प्रक्रियासमेत नपुर्‍याइ भर्ना कुन ऐनमा छ ?’-उनले भने । क्याम्पसले समेत ताला कसले तोड्यो भन्ने विषयमा अनविज्ञता जनाएको छ । ‘विद्यार्थीले लगाएको ताला मात्रा तोडिएको छ ।’-निमित्त क्याम्पस प्रमुख धनसिह विष्टले भने-‘ताला तोडेको विषयमा प्रहरीलाई जानकारी गराइएको छ ।’ क्याम्पसको अन्य विषयमा छलफल गर्न क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख नभएको हुँदा विद्यार्थीहरूसँगको वार्ता ठोस निष्कर्षा पुग्न नसकेको विष्टको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments