Incident Reports

सामूहिक बलात्कार गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थी सडकमा

2017-02-13

युवतीलाई सामूहिक बलात्कार गर्नेलाई कडा कारबाहीको माग गर्दै तौलिहवामा विद्यार्थीहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । गएको बुधवार पकडी गाविस नजिकको एक खोला किनारमा एक युवतीलाई ६ जनाले बलात्कार गरेको भिडियो सार्वजनिक भए लगत्तै आन्दोलित भएका विद्यार्थीहरुले दोषी उपर कडा कारवाहीको माग गर्दै आएका छन् । तीन दिनभित्र दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि नबढाए त्यसविरुद्ध कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । घटनास्थल नजिकै पकडीमा पनि विद्यार्थीहरुले दोषी उपर कारवाहीको माग गरेका छन् । विद्यार्थीहरुको ज्ञापन पत्र बुझे लगत्तै स्थानीय प्रशासनले दोषीलाई कडा कारवाही हुने आश्वासन दिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले घटनामा संलग्न रहेकालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन गरि सकेको बताउनुभयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा पकडी गाविस–४ पिचुर्खीका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न रहेको ५ जनाको पहिचान भै सकेको र एक जनाको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो । बलात्कारमा परेकी युवतीलाई सामूहिक बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि मात्रै गएको बुधबार भएको घटना सार्वजनिक भएको थियो । लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको र अन्य ४ जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यस्ता घटनाले जघन्य मानव अधिकार हननलाई प्रसय दिने हुँदा दोषी उपर कडा कारवाही हुनु पर्ने अधिकारकर्मी रवि ठाकुरले माग गरेका छन् । यसै बिच राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले दोषीलाई कारवाही गर्न भैरहेको प्रक्रियाको बारेमा अनुगमन गरिएको मधेस मानव अधिकार गृह बसन्त बंजाडेले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments