Incident Reports

स्वास्थ्यकर्मीले जनस्वास्थ्य कार्यालय बारामा ताला लगाए

2017-02-16

Madhes, Bara, Kalaiya

स्वास्थ्यकर्मीहरुले विभिन्न संघ संगठनहरुले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा बिहीबार तालाबन्दी गरेका छन् । स्वास्थ्य सेवा ऐन नौ “ख” बमोजिम कर्मचारीको व्यवस्थापन र दरबन्दी चार्ट संशोधनको माग गर्दै उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष राम एकबाल जयसवाल, मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शिव शंकर प्रसाद यादव, नेपाल स्वास्थ्य प्राविधिक संघ बाराका अध्यक्ष सुरेश प्रसाद साह, नेपाल स्वास्थ्यकर्मी संघ बाराका अध्यक्ष हरि ओम प्रसाद, स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष कुरान अलि ठकुराइको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । आफूहरुको माग पूरा नभए भोलि शुक्रबारदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा समेत तालाबन्दी गरिने मधेशी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शिव शंकर प्रसाद यादवले बताए । यसैबीच कलैयामा बिहीबार आयोजना गरिएको स्वास्थ्यकर्मीहरुको भेलाले राम एकबाल जयसवालको संयोजकत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरेको छ । समितिको प्रवक्ताको जिम्मेवारी शिव शंकर यादव र व्यवस्थापनको जिम्मेवारी कुरान अली ठकुराइलाई दिइएको छ । आन्दोनका क्रममा आकस्मिक उपचार सेवा एचआइभी, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिकको सिफारिस जस्ता सेवालाई कुनै अवरोध नगरिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments