Incident Reports

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

2017-02-22

Madhes, Dhanusha, Janakpur

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ । बिहान जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घर घेराउ गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए । उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ । बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए । त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बन्यो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम यहाँ आएका हुन् । गौतमविरुद्ध हिजैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis