Incident Reports

दरबन्दी काटेको भन्दै शारदामा तालाबन्दी

2017-01-16

महेन्द्रनगर, ३ माग – संस्कृत विश्वविधालयको आंगिक क्याम्पस शारदा विधापिठमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । हचुवाको भरमा शारदा विधापिठका तीन दरबन्दी काटेको भन्दै अखिल क्रान्तिकारी कन्चनपुरले सोमबार तालाबन्दी गरेको हो । क्रान्तिकारीले शारदा विधापिठका क्याम्पस प्रमुख भोजराज जोशीको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी कन्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले संस्कृत विश्वविधालयले हचुवाको भरमा गणित सहितका तीन दरबन्दी काटेर यस क्षेत्रको शैक्षिक क्षेत्रमा खेलवाड गरेको भन्दै चेतावनी स्वरूप तालाबन्दी गरिएको बताए । क्रान्तिकारीले एक ज्ञापनपत्र बुझाउदै पुन दरबन्दी फिर्ता हुनुपर्ने माग समेत अघि सरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments