Incident Reports

No translation available.

2017-01-16

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 4

महेन्द्रनगर, ३ माघ- कन्चनपुरको एक पुरानो सामुदायिक विद्यालयमा तालाबन्दी भएको छ | भीमदत्त नगरपालिका-४ को बैजनाथ उच्च माध्यमिक विद्यालयमा सोमबार तालाबन्दी भएको हो | विद्यालयका बालविकास शिक्षिकाहरुले आफुहरुमाथि अपमान तरिकाले पारिश्रमिकमा अनियमिता गरेको आरोप लगाउदै तालाबन्दी गरेका हुन् | तालाबन्दी संगै विद्यालयको प्रशासनिक र पठन पाठनमा समेत प्रभावित भएको छ | बाल विकास शिक्षिकाहरुले प्रधानाध्यापकले मनोमानी ढंगबाट बढेको तलब काटेको भन्दै तालाबन्दी गरेको बताएका छन् | बाल विकास शिक्षिका लक्ष्मी पाण्डे, लक्ष्मी पन्त र निर्मला खत्रीले चालु आर्थिक वर्षमा बढेको तलब प्रअ नरेन्द्र राज जोशीले मनोमानी ढंगले काटीदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् | उनीहरुले अपमान र लाज हुने तरिकाले तलब काटीदिएको आरोप लागेका छन् | प्रअले बिना सूचना तलब काटेकोप्रति उनीहरुले आपत्ति समेत प्रकट गरेका छन् | बाल विकास शिक्षिका लक्ष्मी पाण्डेले साउनदेखि लागु हुने गरी मासिक एक हजार बढाउने सहमति भएको बताए | ' म छेक लिएर बैंक गए मेरो खातामा बढेको तलब दाखिला गरेको थिएन | उनले भनिन् ' मेरो अपमान भयो, खाली हात लिएर घर फर्किए | आफुहरुलाई विद्यालयले प्राथमिक तहसम्मको पाँच पिरिएड बापत मासिक एक हजार बढाउने सहमति जानेको थियो | विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन नहुँदा बाल विकास शिक्षिकाहरुले माग गरेको तलब अनुमोदन हुन नसक्दा नदिएको प्रअ नरेन्द्र राज जोशीले बताए | ' बाल विकास शिक्षिकाहरुको तलब बढाउने निर्णय भएको थियो | उनले भने, ' तर विद्यालय समिति गठन नहुँदा दिन सकिएन' | बाल विकास शिक्षिकाहरुले मनपरी ढंगले कहिले बढाउने कहिले घटाएर महिलाहरुको अपमान गरेको गुनासो गरेका छन् | विगतमा पनि विद्यालयले तलब बढाउने, घटाउने गरेर आफुहरुलाई शिक्षिका भन्दा पनि अमानविय व्यवहार गरेको समेत गुनासो पोखेका छन् | तालाबन्दीको विषयमा पिटिए बैठक मार्फत तत्कालनै समस्या समाधान गरिने पहल गरिने प्रअ जोशीले बताए |
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments