Incident Reports

निकुन्ज विस्थापित आन्दोलित

2017-01-29

शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट विस्थापितले आइतबारदेखि कन्चनपुरको भीमदत्तनगरमा आन्दोलन थालेका छन् । शुक्लाफाँटा निकुन्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउने सम्बन्धित गठित कार्यदलले काम शुरु गरेसंगै विस्थापितले कार्यदलको कार्यालयमा पुगेर आन्दोलन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आयोगको प्रतिवेदन अनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्द्यावधिक कार्यमा विस्थापितले असहमति जनाउँदै अवरोध गरेको बताए । आयोगको प्रतिवेदन अनुसार विस्थापित परिवारको कागजात छानबिन गरि जग्गा मुआब्जा वा आर्थिक राहत दिने कार्यदलले तयारी गरेको थियो । तर विस्थापितले २४७३ परिवार पूर्णरूपमा विस्थापित रहेको दाबी गर्दै सबैलाई सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् । 'मुआब्जामा हामीलाई कम्तिमा प्रतिपरिवार दश कट्ठा पाउनुपर्ने हाम्रो माग हो ।' निकुन्ज विस्थापित मदन पन्तले भने - 'विस्थापितलाई बढीमा पाँच कट्ठा जग्गा वा राहतस्वरूप रू पाँच लाख दिने भनेकोप्रति हामी सहमत छैनौँ ।' विसंं २०५८ मा निकुन्ज विस्तारका क्रममा जग्गाको प्रमाण पुर्जा भएकालाई सरकारले प्रतिपरिवार दश कट्ठा जग्गा उपलब्ध गराएको थियो । अद्द्यावधिक तथ्यांक फारम भर्न कार्यदलको सम्पर्क कार्यालय भिम्दत्तनगरमा स्थापना गरिएको छ । कार्यदलले अद्द्यावधिक का लागि विस्थापितलाई फाल्गुन १ गतेदेखि आगामी वैशाख २ गतेसम्मका लागि समयसीमा तोकेको छ ।तर विस्थापितले मुआब्जा र राहत रकमप्रती असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of public land
Secondary Cause Access/control of private land
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments