Incident Reports

नगर हुँदै हुलाकी राजमार्ग नलैजान भन्दै स्थानीयद्वारा प्रदर्शन

2017-02-28

Madhes, Saptari, Rajbiraj

हुलाकी सडक नगरपालिका क्षेत्र भित्रबाट लैजादा ठूलो धनजनको क्षति र आफूहरुलाई उठिबास बनाउने भन्दै केही स्थानीयबासीहरु विरोधमा उत्रिएका छन् । मंगलबार राजविराजमा केही स्थानीयले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनका साथै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । ज्ञापनपत्रमा प्रस्तावित भारदह– कञ्चनपुर राजविराज र बलानसम्मको ४४ किलोमिटर हुलाकी राजमार्ग नगरक्षेत्रबाट लैजाँदा राजविराज नगर भित्रको सयौँ घर परिवारको उठिबास हुने र सबै ऐतिहासिक संरचनाहरु समेत ध्वस्त हुने उल्लेख गर्दै हुलाकी राजमार्ग निर्माणका लगि नगरको शहरी क्षेत्रको उत्तर वा दक्षिणतर्फ कायम रहेको सडक र नगरहरुमध्येबाट नयाँ ढंगले सर्भे र सम्भाव्यत अध्ययन गर्नुपर्ने माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments