Incident Reports

केन्द्र माग गर्दै प्रदर्शन

2017-03-16

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र साविकका सबै गाविसलाई पायक पर्ने स्थानमा राख्न माग गर्दै सदरमुकाम कुश्माबजारमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा स्थानीय राजनीतिक दल, संघ संस्था तथा सर्बसाधारण को समेत उपस्थिति छ। गाउँपालिका सिफारिस गर्ने बेला धाईरिङ गाविसको मिलनचोकमा केन्द्र रहने गरि सिफारिस गरेकोमा आयोगले साविकको माझफाँट गाविस कार्यालयलाई नै केन्द्र तोकेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। बुधबार स्थानीय मिलनचोकमा प्रदर्शन गरेका उनीहरुले बिहीबार कुश्मा बजारमै आएर प्रदर्शन गरेका हुन्। स्थानीय निकाय पुनर्संरचना आयोगले गाउँपालिकाको केन्द्र साविकको माझफाँट गाबिस कार्यालयलाई तोकेको र उक्त स्थान सबैका लागि अपायक भएको भन्दै आन्दोलन गर्नुपरेको स्थानीय कांग्रेस महाधिवेशन प्रतिनिधि रुद्रलाल उपाध्यायले जानकारी दिए। उनीहरुले सबै गाविसलाई पायक पर्ने गरी धाईरिङ गाविसको मिलनचोकमा नै राख्न आग्रह गरेका हुन्। उनीहरुले जिल्ला समन्वय समिति, जिल्ला प्रसाशन कार्यालय र राजनीतिक दलका प्रमुख लाई ज्ञापन पत्र बुझाउँदै केन्द्र परिवर्तन नभए थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन्। उक्त गाउँ पालिकामा उत्तरी पर्वतका ७ वटा गाविस समायोजन गरिएको थियो। बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाईरिङ, नाङलीवाङ र बनौ गाविस गाभेर जलजला गाउँपालिका बनेको हो। उक्त गाउँपालिका मा ९ वटा वडा कायम भएका छन्। आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीलाई भेटी आफ्ना माग पुरा गर्नका लागि पहल गर्न आग्रह गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis