Incident Reports

अलौं माविका अध्यक्षले बिद्यार्थी कुटे, विद्यार्थीहरु आन्दोलनमा

2017-02-17

Madhes, Parsa, Birgunj

श्री द्वारदेवी मावि अलौंका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई कुटपिट गर्दा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन् । विद्यालय परिसरमा कक्षा १० का विद्यार्थीहरुको लागि आयोजना गरेको बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेल कक्षा १० मा अध्ययनरत विद्यार्थी अर्जुन साह तुरहालाई कुटपिट गरेका छन्। विद्यार्थी तुरहा मोटरसाइकलमा चश्मा लगाई बिदाई कार्यक्रममा आएको भन्दै अध्यक्ष पटेलले कुटपिट गरेको कक्षा १० का विद्यार्थीहरुले जनाएका छन् । कुटपिट पछि अध्यक्ष पटेलले पदको दुरपयोग गर्दै प्रहरीलाई बोलाई विद्यार्थीहरु पक्राउ गर्न भनेपछि विद्यार्थीहरुले आन्दोलनमा उत्रेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरिशरण तिवारीले बिदाई कार्यक्रमको लागि ल्याएको फुल, मिठाई, लगायतका सामाग्रीहरु कक्षा कोठाबाट बाहिर निकाली ताल्चा लगाएका छन्। अध्यक्ष पटेलले आफ्नो घर परिवार तथा नातेदारलाई बोलाई विद्यार्थीलाई कुट्न लगाउने धम्की दिए पछि विधार्थीहरुले अध्यक्ष पटेलको राजीनामाको माग गर्दै र शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिने समेत जनाएका छन्। सो विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम पटेलसंग सम्पर्क गर्दा विद्यार्थीले कार्यक्रम अघि असलिल गीतहरु बजाएको र आमयादित कार्य गरेको भन्दै एक/दुई झापड लगाएको स्वीकार गरेका छन्। सो विषयमा विद्यालयका प्रधानाध्यापक हरिशरण तिवारी संग बुझ्दा आफु सो घटना स्थलमा नरहेको जनाउनु भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments