Incident Reports

हत्यारालाई कारवाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

2017-03-21

Province 1, Sunsari, Dharan

चैत २ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सुनसरी डुम्राहाका २० बर्षीय सुमन चौधरीका हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मंगलबार मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार दिउँसो सुनसरीको तित्रिवनमा भेला भएका मृतक चौधरीका आफन्तले हत्या गर्ने सवारी साधन र चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दे सडक अवरुद्ध गरेका हुन् । मृतकका आफन्तले सुमनको हत्या गर्ने चालक र सवारी पक्राउ गरी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । गत चैत २ गते साइकलमा घर जादै गरेका चौधरीलाई तित्रिवनमा नम्बर नखुलेको ट्रकले किचेपछि उनको मृत्यु भएको थियो। उक्त घटनामा डुम्राहाकै २२ बर्षीय सुजन चौधरी घाइते भएका छन् । घाइते सुजनले आफ्नै साइटमा साइकलमा हिँडिरहेको बेला ट्रकले किचेर साथीको निधन भएको र आफू घाइते भएको बताएका छन्। सयौंको संख्यामा राजमार्गमा भेला भएका स्थानीयले सडक अवरुद्ध गरेपछि पूर्व–पुश्चिम आवत जावत गर्ने सयौं सवारी साधनबीच बाटैमै अलपत्र परेका छन् । स्थानीय वासिन्दाले राजमार्गमा सवारीका साधन संचालन गर्न नदिएपछी सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने र ट्रक चालकलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् । पराजुली र पोखरेलको आश्वासन पश्चातपीडित परिवार र प्रहरीबीच इलाका प्रहरी कार्यालय पकलीमा छलफल भइरहेको छ । आक्रोषित स्थानीय वासिन्दाले हत्यारालाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सर्वसाधारणले प्रहरी कार्यालय पकलीमा समेत धर्ना दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments