Incident Reports

राशन माग्दै प्रदर्शन

2017-01-31

Province 1, Jhapa, Damak

नौ दिनदेखि खान खान नपाएका भुटानी शरणार्थी विद्यार्थीहरुले मंगलबार नारा जुलुश सहित राशनको माग गरेका छन् । लामो समय चामल तथा अन्य राहतका सामग्री वितरण हुन नसकेपछि भोकभोकै बस्न बाध्य विद्यार्थीहरुले राहत देउ भन्दै हातमा प्लेकार्ड र थाल कचौरा बोकेर राहतको माग गरेका हुन्। राहतको माग गरिरहेको अवस्थामा भुटानी शरणार्थी शिविर बेलडाँगी पुगेको शरणार्थीका लागि उच्च रेखदेख निकायको गाडीलाई समेत रोकेर खानको माग गरेका छन् । यसैबीच शरणार्थीलाई राहत वितरणको विषयमा मंगलबार बेलडाँगीमा बसेको सरोकारवाला निकायको बैठकले बुधबार पुन:बैठक बस्ने निर्णयमा बैठक सकेको जानकारी दिएको छ । विश्व लुथरन फेडेरेशन दमक शाखाका प्रमुख शम्भु कटेल, युएनएचसीआरका सुरक्षा विभागका खेम नेपाल, फिल्ड सहायक गंगा सेन, विश्व खाद्य तर्फका प्रतिनिधि सगर नेपाल, नेपाल सरकारका प्रतिनिधिहरु शरणार्थी समन्वय इकाइ शाखा अधिकृत यज्ञ निरौला, शिविर सुपरिवेक्षक रामकुमार पौडेल, शिविर सचिव संचहांग सुब्बालगायत शिविर व्यवस्थापन समितिका पदाधिकारी, भूपू सचिव सहितको टोलीबीच राशनको समस्याको विषयमा छलफल भएको छ । छलफलमा दाताहरुबाट सहयोग कटौती भएकोले हाललाई प्रति व्यक्ति दिने चामल ३ सय ३५ ग्राम लिँदै गर्न दात्री निकायको तर्फबाट आग्रह गरे पनि यसलाई शिविरवासीहरुले स्वीकार गर्न नसक्ने अडान दोहोरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments