Incident Reports

मनिपाल फेरि अस्तव्यस्त

2017-02-20

Gandaki, Kaski, Pokhara Lekhnath

नेपाली चिकित्सकको आन्दोलनले मनिपाल शिक्षण अस्पताल अस्तव्यस्त बनेको छ। २ सय ४० दिनभन्दा बढी काम गरेका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समय सापेक्ष तलब बढाउनुपर्ने र सार्वजनिक बिदा पाउनुपर्ने दिनको काम गरेवापत सट्टा बिदा पाउनुपर्ने माग राख्दै चिकित्सकले काम रोकेपछि अस्पताल उपचार सेवा र पठनपाठन प्रभावित भएको छ। ८३ दिनसम्म पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक ३ महिना नबित्दै फेरि आन्दोलनमा फर्किएका हुन्। परिक्षा नजिकिदै गरेको अवस्थामा विद्यार्थीले पढ्न नपाएकै बेला ८३ दिनपछि चिकित्सक काममा फर्केका थिए। चिकित्सकका मागप्रति अस्पताल प्राशासन गम्भीर नभएको, वार्ताका लागि पनि तयार नभएको र आन्दोलनमा उत्रेका करण एक चिकित्सकको करार अवधि नथपेको लगायत कारण देखाउदै उनीहरु दिनभर धर्नामा बस्दैआयेक छन्। आन्दोलनरत चिकित्सक दीपकप्रसाद कोइरालाले भने, 'पहिला गरिएका सहमति पालना भएका छैनन, काठमाडौँ विशवविद्यालय, श्रम विभाग र शिक्षा मन्त्रालय प्रतिनिधि समिम्लित समितिले पोखरामा आएर तयार पारेको प्रतिवेदन समेत लुकाइएको छ। समितिले मनिपाललाई दिएको प्रतिवेदन पाना नम्बर ६ मात्र देखाएर चिकित्सकलाई गुमराहमा राख्नन खोजिएको डा कोइराला बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments