Incident Reports

Morcha padolcked district coordination committee and jaleshwor municipality office

2017-03-24

Madhes, Mahottari, Pipra

The United Democratic Madhesi Front has padlocked the office of District Coordination Office and office of Jaleshwor Municipality on March 24 and the cadres have put the name as “Madhes Sarkar” in the office. Chairperson Ram Naresh Rai of federal socialist forum Nepal said that the offices were padlocked against the monopoly of government while doing district demarcation, village council and municipality under local restructuring. He added that there is an inequality in majority of village council which was supposed to be restructured based on population. The Morcha had already padlocked 12 village council offices already. They have further warned to postpone the election program in district election office of Mahottari. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ । जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले तालाबन्दी गर्नुका साथै मधेस सरकारसमेत लेखेका छन् । स्थानीय पुर्नसंरचना अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लाको सिमाङ्कन बाँडफाँडमा आफूखुशी गरेको र यसले जनतालाई सुविधा हुनुको साटो झन् समस्यामा पार्ने भन्दै मोर्चाले तालाबन्दी गरेको सङ्घीय समाजवादी फोरम नेपाल महोत्तरीका अध्यक्ष रामनरेश रायले बताए । उनले जनसङ्ख्याको आधारमा पुर्नसंरचना गर्नुपर्नेमा अधिकांश गाउँपालिकामा असमानता देखिएको बताए । मोर्चाले यसअघि नै जिल्लास्थित मनरा, एकडारा, बल्वा, सोन्मा, सम्सी, लोहारपटटी, मटिहानी, महोत्तरी, पिपरा, भङ्गहालगायतका १२ वटा गाउँपालिकामा तालाबन्दी गरिसकेको छ । साथै जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा समेत चुनावको कार्यक्रम स्थगित गर्न चेतावनी दिएको मोर्चाले जनाएको छ । निर्वाचन अधिकृत पिङ्की रायले मोर्चाले कार्य बन्द गर्न चेतावनी दिएको बताउँदै चुनावमा सहयोग गर्न केही दिन अगाडि नै सर्वदलीय वैठक बोलाउँदा मोर्चा आवद्ध मधेसवादी दलले असहयोग गरेको बताइन् । उनले सो असहयोगबारे निर्वाचन आयोगमासमेत जानकारी गराइसकेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis