Incident Reports

मोर्चाद्वारा जिल्ला समन्वय समिति र जलेश्वर नपाको कार्यालयमा तालाबन्दी

2017-03-24

Madhes, Mahottari, Pipra

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ । जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले तालाबन्दी गर्नुका साथै मधेस सरकारसमेत लेखेका छन् । स्थानीय पुर्नसंरचना अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लाको सिमाङ्कन बाँडफाँडमा आफूखुशी गरेको र यसले जनतालाई सुविधा हुनुको साटो झन् समस्यामा पार्ने भन्दै मोर्चाले तालाबन्दी गरेको सङ्घीय समाजवादी फोरम नेपाल महोत्तरीका अध्यक्ष रामनरेश रायले बताए । उनले जनसङ्ख्याको आधारमा पुर्नसंरचना गर्नुपर्नेमा अधिकांश गाउँपालिकामा असमानता देखिएको बताए । मोर्चाले यसअघि नै जिल्लास्थित मनरा, एकडारा, बल्वा, सोन्मा, सम्सी, लोहारपटटी, मटिहानी, महोत्तरी, पिपरा, भङ्गहालगायतका १२ वटा गाउँपालिकामा तालाबन्दी गरिसकेको छ । साथै जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा समेत चुनावको कार्यक्रम स्थगित गर्न चेतावनी दिएको मोर्चाले जनाएको छ । निर्वाचन अधिकृत पिङ्की रायले मोर्चाले कार्य बन्द गर्न चेतावनी दिएको बताउँदै चुनावमा सहयोग गर्न केही दिन अगाडि नै सर्वदलीय वैठक बोलाउँदा मोर्चा आवद्ध मधेसवादी दलले असहयोग गरेको बताइन् । उनले सो असहयोगबारे निर्वाचन आयोगमासमेत जानकारी गराइसकेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis