Incident Reports

गुठी जग्गामा पोखरी खनाएको विरोधमा जनकपुरमा प्रदर्शन

2017-03-27

Madhes, Dhanusha, Janakpur

गुठी संस्थानले जनकपुरको लादोवेलामा रहेको जग्गा पोखरी खनाउनका लागि दिएको भन्दै स्थानीयबासीले सोमबार विरोध प्रदर्शन गरेका छन् । लादोवेलाबाट आएका व्यक्तिहरुले ठेक्का दिने गुठीमाथि कारवाहीको माग गर्दै प्रदर्शन पनि गरेको छ । स्थानीयबासीले कुनै पनि हालतमा सो जग्गामा पोखरी खन्न नदिने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि दिएको छ । गुठी संस्थानले सो जग्गाबाट कुनै आय नभएको भन्दै पोखरी खनाएर माछा पालनका लागि लिजमा ठेक्का दिएपछि ठेकेदारले पोखरी खनाउन थालेपछि त्यसको विरोधमा प्रदर्शन गरिएको छ । यता ठेक्का लिएका ठेकेदारले आफूले गुठी संस्थानलाई वार्षिक रकम बुझाउने गरि लिजमा लिएकाले कानून सम्मत किसिमले नै काम गरिरहेको बताएका छन् । अदालतमा पनि मुद्दा दिएकाले अदालतको आदेश नआएसम्मको लागि काम रोक्नका लागि प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले ठेकेदारलाई जानकारी दिएका छन् । गुठी संस्थानले रितबमोजिम नै प्रक्रिया पुर्याएर लिजमा दिएकाले आफूहरुले पोखरी खन्न पाउने ठेकेदारको दावी रहेको छ । ठेकेदार दिपेन्द ठाकुरले सोही ठाउँका भोगेन्द चौधरी तथा वैद्यनाथ पातीका साथै अन्य काम गर्दै आएको कारणले उनीहरुले नै विरोध गरेको बताए । ठेकेदारले आफूहरुले ८० लाख रकम खर्च गरेर पोखरी खनाउन थालेको र यसले जग्गाको अतिक्रमण रोक्नुको साथै नेपाल सरकारको मत्स्य उत्पादन बढाउने मिसनलाई पनि मद्दत पुग्ने दावी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments