Incident Reports

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

2017-03-29

Karnali, Jajarkot, Bheri

अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा बुधवार जाजरकोट बन्द भएको छ । मंगलवार साँझ साढे ६ बजे शाहलाई ८/१० जना अज्ञात व्यक्तिहरूले भेरी नगरपालिका ३ थाप्लेचौर स्थित सातदुलाको सडकमा ढुंगाले हानेर हत्या गरेका थिए । स्थानीयले शाहका हत्यारालाई कडा कारवाहीको माग गर्दै स्वस्फुर्त रुपमा जिल्ला सदरमुकाम लगायतका स्थानमा सवै व्यापार, यातायात, उद्योग, कलकारखाना र शिक्षण संस्था समेत बन्द गराएका हुन् । स्थानीयले हत्याको विरोध र दोषीलाई कारवाहीको माग गर्दै विरोध जुलुस समेतको तयारी गरेका छन् । नेपाली काँग्रेस लगायत विभिन्न संघ संस्थाहरूले विज्ञप्ती मार्फत घटनाको विरोध गरेका छन् भने दोषीलाई तत्काल न्यायको कठघरामा ल्याउन सरकारसँग माग गरेका छन् । स्थानीय प्रशासनलाई ज्ञापन पत्र दिदै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । उनले नागरिकको जीवन सुरक्षाको विषयलाइ राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए । शाहको हत्याले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै सरोकारवालाहरुले जो सुकै भएपनि कारवाहीको भागिदार बनाउन सरकारसँग माग गरेका हुन् । प्रहरीले घटनाको शुक्ष्म ढंगले अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले शाहको हत्या हुने बेला साथमै रहेका तीन जना व्यक्तिहरू र अन्य ६ जनासँग घटना बारे सोधपुछ भइरहेको बताए । उनले घटनाका दोषीहरू छिट्टै कानुनको घेरामा आउने बताए । घटनाको कारण अझै खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments