Incident Reports

भ्रष्टाचार विरुद्द यातायातमा कांग्रेसको धर्ना

2017-03-02

नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितीले बिहिबार अञ्चल यातायात व्यवस्था कार्यालय नारायणीमा धर्ना दिएको छ। यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता भइरहेको भन्दै कांग्रेस क्षेत्रीय समितिले विरोधमा धर्ना दिएको हो । कांग्रेसका क्षेत्रीय सभापति विजय सराफको नेतृत्वमा कांग्रेसका नेता कार्यकर्ताहरुले यातायात व्यवस्था कार्यालय परिसरमा एक घण्टा धर्ना दिएका थिए। धर्ना पछि कांग्रेस क्षेत्रीय कार्यसमितिले यातायात व्यवस्था कार्यालय विरगंजका प्रमुख विशवराज नेपाललाई ज्ञापनपत्र समेत बुझाएको छ। ज्ञापनपत्रमा यातायात कार्यालय भ्रष्टाचारको अखडाको रुपमा रहेको र कार्यालयलाई अविलम्व सुधार गरि जनता प्रति समर्पित भई कार्य संचालन गर्न माग समेत गरिएको छ। आफुहरुको माग प्रति बेवास्ता गरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत कांग्रेसले दिएको छ। ठाउँ ठाउँबाट यातायातमा राम्रोसंग काम नहुने गरेको, आर्थिक चलखेल भईरहेको काममा मितव्ययिता नपाउने गरिएको जस्ता गुनासो आएपछि त्यस्ता प्रवृति हटाउन दवाव दिने उद्देश्यले पहिलो चरणमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझेको काँग्रेस क्षेत्रीय सभापति सराफले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments