Incident Reports

रवीन्द्र शाह हत्या प्रकरणः नेविसंघद्वारा देशभर प्रदर्शन

2017-03-29

Nepal

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रवीन्द्र शाहको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै राजधानी लगायत मुलुकभरका क्याम्पस अगाडि प्रर्दशन गरेको छ । जाजरकोटका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य शाहको मंगलबार बेलुका जिल्ला अस्पताल नजिक ढुंगा प्रहार गरी हत्या गरिएको थियो । सो घटनाप्रति खेद व्यक्त गर्दै नेपाल विद्यार्थी संघले हत्याराको पहिचान गरी कार्वाही गर्न माग गर्दै मुलुकभर विरोध प्रर्दशन गर्नुको साथै क्याम्पस अगाडि विहान एक घण्टा चक्का जाम गरेका हुन् । विद्यार्थीले राजधानीका त्रिचन्द्र लगायत विभिन्न कलेज अगाडि प्रर्दशन गर्नुको साथै एक घण्टा चक्का जाम गरे । हिजो बुधबार पनि नेपाल विद्यार्थी संघले राजधानी लगायत मुलुकभर विरोध प्रर्दशन गरेको थियो । संघले २४ घण्टा भित्र हत्यारालाई कारवाही नगरे कडा आन्दोलनमा जाने चेतावनी दिईसकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan , National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Makwanpur , Local Newspaper - Dang

0 Comments