Incident Reports

स्थानीय विकास अधिकारी लखेटिए

2017-03-21

Province 1, Jhapa, Arjundhara

झापाको बिरिंग नदीमा उत्पन्न विवाद साम्य पार्न गएका स्थानीय विकास अधिकारी खेमराज ओझालाई सिस्नेका वासिन्दाले लखेटेका छन् । मापदण्ड विपरित खोला उत्खनन् गर्न ठेकेदारलाई अनुमति दिएको भन्दै आक्रोशित स्थानीयवासीले मंगलबार दिउँसो स्थानीय विकास अधिकारीलाई लखेटेका हुन् । जिल्ला प्रशासन कार्यालय र संस्था सम्सुहांग विल्डर्स चैत २ गते बिरिंग नदीमा उत्पन्न हुने खोलाजन्य सामग्री उत्खनन गर्न गएको थियो। त्यसक्रममा स्थानीयवासीले उत्खननमा प्रयोग भएको एउटा एस्काभेटर नियन्त्रणमा लिएका थिए । घटना पछी खोला विवादले उग्र रुप लिएको थियो । खोलामा उत्खनन सम्बन्धि छलफल गर्न अर्जुनधारा-१ को हचुमासा सामुदायिक बनको कार्यालय परिसरमा बैठक बोलाइएकोमा स्थानीय अधिकारी तोकिएको समय भन्दा १ घण्टा ढिलो आइपुगेपछि आक्रोशित स्थानीयहरुले उनीविरुद्ध नारा बाजी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Banishment/shunning
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Morang

0 Comments