Incident Reports

भरुवा बन्दुकसहित युवक पक्राउ

2017-03-30

Gandaki, Syangja, Waling, Ward 2

स्याङ्जाको वालिङ्ग ८, मास्कीडाँडामा भरुवा बन्दुकसहित मंगलवार एक युवक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय वालिङ्गका प्रहरी निरीक्षक चिनकपुर् गुरुङ अनुसार वालिङ्ग-८ निवासी वर्ष ३३ का खोमबहादुर मास्की पक्राउ परेका हुन्। मास्किको साथबाट प्रहरीले एकथान भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने ३० थान सिसाको छर्रा, करिब दुइ सय ग्राम बारुद नियन्त्रणमा लिइएको हो।
Local Newspaper - Kaski

0 Comments