Incident Reports

विकास बजेट फ्रिज हुन नदिने अडानका साथ रिले अनसन

2017-03-31

Madhes, Dhanusha, Janakpur

जनकपुरको विकास निर्माण कार्यमा अवरोध खडा भएपछि व्यवसायीहरु अनसनमा बसेका छन्। जनकपुर उद्योग वाणिज्य संघले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम बजेट फ्रिज गर्न नपाइने भन्दै रिले अनसन शुरु गरेका हुन् । शुक्रबार जनकपुरमा जउवासंघका कार्यवाहक अध्यक्ष विजय साहको अध्यक्षतामा संघका पदाधिकारीहरुसहितको टोलीले शुक्रबारदेखि रिले अनसन शुरु गरेको हो । आर्थिक वर्ष २०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम बजेटको २०७३ मंसिर १३ गतेका दिन विनियोजन भएको योजनाहरु कार्यान्वयनको माग राखेर अनसनमा बसेका छन् । कार्यवाहक अध्यक्ष साहका अनुसार जनकपुरको विकासको बजेट फ्रिज कुनै पनि हालतमा हुन नदिन अडानका भन्दै विकास निर्माणको कार्यलाई तत्काल जारी गर्न अनसन बसेको जानकारी दिए ।जउवासंघका कोषध्यक्ष जितेन्द महासेठ, कार्यकारी सदस्यहरु सन्तोष कुमार साह, राम सुरत साह र प्रकाश कुमार साह लगायतहरु यस रिले अनसनमा बसेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other economic issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments