Incident Reports

गुठी जग्गा विवाद लिएर झडप हुँदा ६ घाइते

2017-04-16

Madhes, Dhanusha, Chhireshwornath, Ward 9

९ हथरा टोलस्थित जानकी गुठीको जग्गा ठेक्का लिएर पोखरी खनाउन थालेपछि विवाद चुलिएको हो । स्थानीयले वर्षैदेखि आफूहरुले खनजोत गर्दै आएको बताउँदै विरोध गरेका छन् । झडपमा परी स्थानीय पल्टु मुखिया, विल्टु मुखिया, कुलदिप मुखिया सहित ठेकेदार राजेश महतो, तारा सिंह लगायतका व्यक्तिहरु घाइते भएको जनाइएको छ । ठेकेदार राजेश महतोले उक्त जग्गामा पोखरी खन्न लागेको भन्दै स्थानीयवासीहरुले प्रतिकार गरेपछि झडप भएको बुझिएको छ । स्थानीयवासी र ठेकेदारबीच झडप भएपछि ईलाका प्रहरी कार्यालय महेन्दनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय महेन्दनगरका प्रहरी नीरिक्षक नरेश सिंह र नक्टाझिझ सशस्त्र वेस क्याम्पका डिएसपी माधव रेग्मीको संयुक्त टोलीले झडप नियन्त्रणमा लिएको थियो । घाइतेहरुको जनकपुर अञ्चल अस्पताल र जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहहेको जनाइएको छ । झडपपछि स्थानीय पोखरी नजिक रहेको घरमा हतियार राखेको भन्दै स्थानीयहरुले घर घेराउ समेत गरेका थिए । प्रहरीले बैशाख ६ गते दुब पक्ष बसी समाधान खोज्ने सहमति भएपछि विवाद साम्य भएको जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of public land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments