Incident Reports

दुर्घटनाका घाइतेलाइ उपचार गर्न नमानेको भन्दै मणिपाल अस्पतालमा स्थानीयको आन्दोलन

2017-04-23

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

मुस्ताङको कागबेनीमा वैशाख ९ गते भएको सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न अस्वीकार गरेको भन्दै मणीपाल शिक्षण अस्पतालको मुल गेटमा स्थानीयले ताला लगाएका छन् । मुस्ताङबाट बिरामीलाई हेलिकप्टरमा मणीपाल अस्पताल ल्याइएको भएपनि डाक्टरहरू श्रम ऐन लागु गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको कारण देखाउँदै बिरामी भर्ना गर्न नमानेपछि स्थानीयले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको मुल गेटमा ताला लगाएको वडा प्रहरी कार्यालय बगरका इन्सपेक्टर इश्वर लम्सालले बताए । जस्तोसुकै अवस्थामा पनि गम्भीर घाइतेको उपचारलाई पहिलो प्राथामिकतामा राख्नुपर्ने स्वास्थ्यकर्मीले त्यसो गर्न नसकेको भन्दै स्थानीयले अस्पताल प्रशासनको लापरबाहीले हद नागेको प्रतिक्रिया दिए । दुर्घटनामा परी घाइते भएका १४ जनाको उपचार पोखराका विभिन्न अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments