Incident Reports

झडपमा दर्जन घाइते

2017-04-25

Karnali, Jumla, Chandannath, Ward 1

चन्दननाथ नगरपालिका–९ बयालकाटियाका स्थानीयले आफूले उपयोग गर्दै आएको वनमा गाईबस्तु चराउन पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा झडप भएको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको लाठीबाट ७ महिला र ५ पुरुष घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी पनि छन् । बयालकाटियाका बासिन्दाले सोही वडामा रहेको शम्भुनाथ सामुदायिक वन र माझपातल सामुदायिक वनमा समावेश गरिनुपर्ने माग १ वर्षदेखि राख्दै आएका थिए । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सामुदायिक वनभित्र आफूहरूलाई पनि समावेश गरिनुपर्ने मागसहित प्लेकाड बोकेर महिलाहरूको जुलुस प्रशासन कार्यालय पुगेको थियो । प्रशासनभित्र छिर्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि दोहोरो झडप भएको हो । स्थानीय जबर्जस्ती प्रशासनभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको प्रजिअ नारायणप्रसाद सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 13
Female Injured 7
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Banke

0 Comments