Incident Reports

शिक्षा कार्यालय र विद्यालयहरूमा तोडफोड, प्रिन्सिपललाई मोसो दलेर दुर्व्यवहार

2017-04-30

Rabina Chaudhary विद्यार्थी सङ्गठनले लगाएको ताला ताडेको भन्दै विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयहरू क्रिसेन्ट सिटी स्कूल, एलायन्स इन्टरनेशनल स्कूल र क्यास्पियन एकेडेमीमा तोडफोड गरेका छन् । तोडफोडका कारण शिक्षा कार्यालयका कम्प्युटर र प्रिन्टरमा क्षति पुगेको जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले बताए । निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको आरोपमा बढाएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १३ गतेदेखि जिल्ला शिक्षा कार्यालय, प्याव्सन तथा एनप्याव्सन र निजी विद्यालयका लेखा र प्रशासन शाखामा तालाबन्दी गरेतापनि आफ्नो माग सरकारी निकायले बेवास्ता गरेको भन्दै वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक आम हड्तालको आह्वान गरेको थियो । शुल्क निर्धारण समितिको निर्णय अनुसार हरेक तीन वर्षमा मात्र शुल्क बढाउन पाइने व्यवस्था भए पनि विद्यालयले शुल्क बढाएको प्रस्ताव शिक्षा कार्यालयमा आएकोले विद्यालयहरूको अनुगमन भइरहेको र वार्ताबाट समस्याको समाधानका लागि पहल भइरहेको शिक्षा अधिकारी विष्टले बताए । यसैबिच निजी विद्यालयमा गरिएको शुल्क बृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले विद्यालयको लेखा शाखामा लगाइएको ताला ताडेको भन्दै वैशाख १७ गते धनगढी उमनपा-८ स्थित मोर्डनएरा स्कूलका प्रिन्सिपल एवम् प्याव्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवलाई मोसो दलेर दुर्व्यवहार गरेको छ । पठनपाठनमा प्रभाव नपर्ने गरी शान्तिपूर्ण आन्दोलनको रूपमा विद्यालयका लेखा शाखामा मात्रै तालाबन्दी गरिएपनि विद्यालयले आन्दोलनको विरूद्ध ताला तोडेकोले आफूहरूले मोसो दलेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केशव उपाध्यायले बताए । तर, मोर्डनएराका प्रिन्सिपल आरसी यादवले भने व्यक्तिगत र पार्टीको रिसिइबीले मोसो दलेको आरोप लगाए । रविना चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Public humiliation
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 4
INSEC

0 Comments