Incident Reports

पत्रकार धर्नाको सम्बन्धमा राजविराजमा प्रदर्शन

2017-04-17

Madhes, Saptari, Rajbiraj

विभिन्न चार बुंदे माग राखी ७ दिन देखि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयमा तालाबन्दी गरी धर्नामा बसेका सप्तरीका पत्रकारको समर्थनमा सोमबार राजबिराजमा जुलुस प्रदर्शन गरिएको छ। महासंघ सप्तरी शाखाका पुर्वअध्यक्षहरु को अगुवाईमा निस्केको पत्रकारहरुको जुलुस नगरका विभिन्न मागको परिक्रमा गरी पुन: महासंघ कार्यालयमै पुगेर सम्पन्न भएको थियो। जुलुसका सहभागीहरुले काठमान्डौमा आन्दोलनरत पत्रकारहरुको माग सम्बोधन गर्न माग गरेका छन्। जुलुसपछि आयोजित कोणसभालाई पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्षहरु विष्णु मण्डल, वैद्यनाथ झा, मुरलीप्रसाद यादव, सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक दिनेश कुमार यादव लगायतले सम्बोधन गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments