Incident Reports

वन मन्त्री शङ्कर भण्डारी आचारसंहिता विपरीत प्रचारमा

2017-05-06

Gandaki, Tanahun, Bhanu

सरकारका वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारी निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत काङ्ग्रेसले वैशाख २३ गते भानु नगरपालिकामा आयोजना गरेको चुनावी सभामा मन्त्री भण्डारी सहभागी भएका हुन् । भानुमा काङ्ग्रेसका मेयर र उपमेयरका उम्मेदवारसँगै बसेर मन्त्री भण्डारीले काङ्ग्रेसका लागि भोटसमेत मागेका थिए । निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ३ अन्तर्गत नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणको प्रचारप्रसारमा सहभागी हुन नहुने बुँदामा ‘नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न हुँदैन’ उल्लेख गरिएको छ । पार्टीको प्रचार कार्यक्रममा सहभागी हुन मन्त्री भण्डारी सरकारी झण्डावाल गाडीमा चढेर गएका थिए ।

0 Comments