Incident Reports

लमजुङमा बन्दुक बनाउँदै गरेका दुई युवा पक्राउ

2017-05-07

Gandaki, Lamjung, Besishahar, Ward 9

स्थानीय तहको निर्वाचन नजिकिए सँगै लमजुङमा बन्दुक बनाउने दुई युवा पक्राउ परेका छन् । रातीको समयमा बन्दुक बनाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । बेसीशहर नगरपालिका वडा नं ९ बिम्दा भिरकटेरीका स्थानीय २ जना युवाहरुले बन्दुक बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले बताए । उनका अनुसार निर्वाचन सुरक्षा योजना अन्तर्गत सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीले उनीहरुलाई रातको एकबजे भरुवा बन्दुक सहित बिम्दा भिरकटेरीका २४ वर्षीय मनोज बिक र १९ वर्षीय प्रदिप बिकलाई पक्राउ गरेको हो । निर्वाचनको संघारमा हातहतियार खुलेआम बनाएको खबर बाहिर आउने बित्तिकै सर्बसाधारणहरुमा त्रास उत्पन्न भएको छ । तर प्रनाउ खरेलले बन्दुक बनाउने ब्यक्तिलाई पक्राउ गरीएको र अब आसपासका क्षेत्रहरुमा खानतलासी गर्ने बताए । उनीहरुको साथबाट तयारी अवस्थामा रहेको एक र बनाउँदै गरेको एक गरी २ वटा भरुवा बन्दुक बरामद गरेको प्रनाउ खरेलले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु व्यवसायिक रुपमा बन्दुक बनाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा दायर गरिएको छ ।

0 Comments