An unidentified group set ablaze a bus and a truck at Rising and Belbhanjyang of Tanahun district on Friday night.
A group of eight to nine persons set the bus (Na. 6 Kha 3525) parked at Chalise of Rising-6 on fire.
The bus was completely gutted in the fire, SP Umesh Raj Joshi said.
The bus driver and his assistant were forced out of the bus before it was set on fire.
Police suspect Netra Bikram Chand led Nepal Communist Party's cadres hand behind the arson. The party has called for bandh on Saturday.
पार्किङमा राखिएका दुईवटा सवारी साधनमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
ऋषिङ गाउँपालिका ६ चालिसेमा पार्किङमा राखिएको ना ३ ख ३५२५ नम्बरको बस र दमौली डुम्रे खण्डको बन्दीपुर १ बेलभञ्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा पनि आगजनी भएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । बन्द घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।
यसैबीच दमौलीस्थित २ स्थानमा विस्फोटक बस्तु फेला परेको छ । दमौलीको भोर्लेटार चोक र सरकारी वकिल कार्यालय परिसरमा फेला परेका विस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले शनिबार बिहान नष्ट गरेको छ ।