Incident Reports

पार्किङमा राखिएको बसमा आगजनी

2017-05-12

Gandaki, Tanahun, Rhishing, Ward 6

पार्किङमा राखिएका दुईवटा सवारी साधनमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । ऋषिङ गाउँपालिका ६ चालिसेमा पार्किङमा राखिएको ना ३ ख ३५२५ नम्बरको बस र दमौली डुम्रे खण्डको बन्दीपुर १ बेलभञ्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा पनि आगजनी भएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । बन्द घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । यसैबीच दमौलीस्थित २ स्थानमा विस्फोटक बस्तु फेला परेको छ । दमौलीको भोर्लेटार चोक र सरकारी वकिल कार्यालय परिसरमा फेला परेका विस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले शनिबार बिहान नष्ट गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments

Related Reports