Incident Reports

भोजपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ

2017-05-14

Province 1, Bhojpur, Shadananda

भोजपुरको षडानन्द नगरपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१० का साङपाङका २४ वर्षका दिपेन्द्र राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । शनिबार घरमा लोड गरेर लुकाई राखेको गोप्य सूचनाको आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बन्दुकसँगै बारुद र छर्ररा समेत बरामद भएको छ ।
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments