Incident Reports

शिक्षक–विद्यार्थी झडप

2017-05-16

Sudurpashchim, Doti, Dipayal Silgadi

 विद्यार्थी र शिक्षक बीचमा विवाद हुँदा दिपायलस्थित सेती प्राविधिक शिक्षालय तनावग्रस्त बनेको छ । अवलोकन भ्रमणको बजेटलाई लिएर विवाद भएको हो । विवादले उग्ररूप लिएकाले झडपको अवस्था आएपछि शिक्षालयमा पठनपाठन ठप्प छ । सुदूरपश्चिमको एक मात्र सरकारी प्राविधिक शिक्षालयमा निजी स्रोतबाट सिभिल सब–इन्जिनियरिङ तेस्रो वर्षमा पढदै आएका विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरू एक सातादेखि अवलोकन भ्रमणका लागि शिक्षालयबाट बजेट माग गरिरहेका छन् । निजीस्रोतमा पढदै आएका विद्यार्थीले भर्नाका समयमा ३ हजारका दरले ४० विद्यार्थीहरूबाट जम्मा गरेको १ लाख २० हजार रुपैयाँ दिनुपर्ने माग गरेका छन् । शिक्षालय प्रमुख शालिकराम डाँगीले विद्यार्थीले माग गरेको रकम दिन तयार रहे पनि विद्यार्थी संगठनहरूको उक्साहटमा अनावश्यक विवाद निकालेको आरोप लगाए । डाँगीले विद्यार्थी र शिक्षकका बीचमा सोमबारसम्म वार्ता र छलफल भइरहेका बेला एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केही नेताहरूले विद्यार्थी उक्साएको बताए । ‘शिक्षकलाई गालीगलौज र धम्की दिँदै विद्यार्थीलाई उक्साएपछि विवाद चर्किएको हो,’ उनले भने । सेती प्राविधिक शिक्षालयमा सब–इन्जिनियर पढ्नका लागि ४० जनाको सरकारी कोटा छ । ४० जना निजीस्रोतबाट पढ्छन् । शिक्षकले सोमबार अनेरास्ववियुका नेताहरूले गालीगलौज र दुव्र्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर आपत्ति प्रकट गरेका छन् । आन्दोलनरत विद्यार्थी वविता भट्टले शिक्षालयले यसअघि खर्च गरिएको रकम कटौती गर्न नपाउने बताइन् । ‘त्यो बेग्लै कार्यक्रम हो, हाम्रो निजी रकम कटौती गर्ने अधिकार शिक्षालयलाई छैन,’ उनले भनिन् । अर्का विद्यार्थी सुदीप गिरीले आफूहरूमाथि उल्टै शिक्षकहरूले आक्रमण गरेको आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Others
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments