Incident Reports

आशिंक प्राध्यापक संघको प्रधानमन्त्री निवास बाहिर धर्ना

2017-05-18

Bagmati, Kathmandu, Kathmandu, Ward 4

यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको छ । २०६५ सालयता तीनपटक आफुहरुसंग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै धर्ना दिइएको संघका अध्यक्ष शशीकुमार शर्माले बताए । वीसौ बर्षदेखि प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनुनपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग संघले गर्दै आएको छ । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै आफुहरुसंग यसअघि गरेको सम्झौता कार्यान्वयन गर्न उनलाई नै दबाब दिन आन्दोलनका विभिन्न चरणमध्ये आजदेखि धर्ना शुरु गरिएको संघका सदस्य नारायण कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments