Incident Reports

राजमार्ग खुलाउन प्रहरीद्वारा लाठीचार्ज

2017-05-21

एक आत्महत्या घटनाको निश्पक्ष छानबिन माग गर्दै राजमार्ग बन्द गरेका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गरी राजमार्ग खुलाएको छ । जेठ २ गते कावासोती १६ की रविना अर्याल झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । छानबिनको माग राख्दै स्थानीयले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग खुलाउन प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गर्नुको साथै लाठीचार्ज गरेको हो । लाठीचार्जबाट तीन जना घाइते छन् । प्रहरीले मृतकका बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय कावासोतीका डीएसपी राजेश थापाले घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने बताए । उनले तीन घण्टासम्म राजमार्ग अवरुद्ध भएकाले खुलाउन बल प्रयोग गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi

0 Comments