Incident Reports

स्कूल बसको ठक्करबाट विद्यार्थीको मृत्यु, प्रहरी र स्थानीयबीच झडप एक घाइते

2017-05-22

Madhes, Parsa, Birgunj

वीरगंजमा सोमबार बिहान स्कूल बसको ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । वीरगंजको पावरहाउस चोकमा रहेको कादम्बी एकेडेमीको बसले महावीर स्थानमा ठक्कर दिँदा परवानीपुरस्थित दिल्ली पब्लिक स्कूलको कक्षा ९ मा अध्ययनरत १३ वर्षीया छात्रा दीया अग्रवालको मृत्यु भएको हो ।महावीरस्थानमै घर भएका राम अग्रवालकी छोरी दिया , स्कूल जानका घरबाट निस्किएर सडकमा पुगेका बेला बिहान करीब सवा ८ बजे विद्यार्थी बटुल्दै गइरहेको कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर मृतकका आफन्त र स्थानीय प्रत्यक्षदर्शीले भने सडक पार गर्दै गरेकी दियालाइ कादम्बरी एकेडेमीको बसले ठक्करर दिँदा उनी सडकमा लडेपछि चालकले बस ब्याक गरेर किचेर मारेको आरोप लगाएका छन् ।चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स पनि नभएको स्थानीयवासीले बताएका छन् । ठक्कर दिने बसमा स्थानीयवासीले तोडफोड पनि गरेका छन् । दियाको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले घटनास्थलमै चिकित्सक बोलाएर चालकको मापसे चेकजाँच गर्न माग गर्दै ठक्कर दिने बस र चालकलाइ लैजान नदिएपछि महावीरस्थानमा केही बेर तनावउत्पन्न भएको थियो। प्रहरीले जवरजस्ती बस र चालकलाई लैजाने प्रयास गर्दा स्थानीयले रोक्न खोजेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मृतक दियाका छिमेकी निरन्जन चौधरीको टाउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ । प्रहरीले बिहान साढे १० बजे बस र चालकलाइ सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको छ । दियाको मृत्यु भएपछि त्यसको विरोधमा महावीरस्थान र आदर्शनगरका व्यपारीले बिहान ११ बजेसम्म पसल बन्द गरेका थिए । मृतक दियाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले चालक र बसलाइ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बताउनुभयो । यसैबीच नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघल बसका चालकले बस ब्याक गरेर विद्यार्थीको हत्या गरेको भन्दै नेविसंघले घटनाको निन्दा गर्दै मंगलबार एक दिन पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरेको छ । नेविसंघले दोषीमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको नेविसंघ केन्द्रीय सदस्य सुधिर पटेलले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments