Incident Reports

आधुनिक हतियारसहित युवक पक्राउ

2017-05-22

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 1

जनकपुर उपमहानगरपालिका १० बाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ।अप्सरा होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०७ मा बसीरहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रकाउ गरेको हो। प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा हतियार बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार विरगञ्‍ज उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुरज साह सोनार र उनको सुत्ने ओछ्यानको सिरानी मुनिबाट ४ राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको प्रहरी नायबउपरीक्षक मनोज यादवले बताउनुभयो। साह कुनै अपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनी कुन प्रयोजनको लागि हतियार बोकेको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ।
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments