Incident Reports

पुर्नसंरचनाको विरोधमा कांग्रेस र माओवादीका घरमा आक्रमण

2017-05-22

Madhes, Dhanusha, Janakpur

चन्द्रमोहन यादवलगायतले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए। माओवादीका सांसद रामसिंह यादवले पनि कुनै पनि हालतमा रघुनाथपुर गाउँपालिका हुन नदिने अडान राखेका थिए। कांग्रेस र माओवादीसहित धनुषाका सांसदले धनुषामा एउटा मात्र गाउँपालिका थप्नु पर्ने भन्दै कांग्रेस कै सांसदको दबाबमा तीन नम्बर क्षेत्रमा गाउँपालिका थप्ने प्रतिवदेन बुझाएका हुन्। सांस्कृतिक एवं धार्मिक महत्व बोकेको रघुनाथपुर गाउँपालिका हुने सम्भावाना कम देखेपछि सोमबार बिहानैदेखि रघुनाथपुर र आसपासका क्षेत्रमा बन्दको आह्वान गरी युवाहरु बासका भाटा लिएर होहल्ला गर्दै कांग्रेस, माओवादी र एमालेका नेताको घरमा आक्रमण गरेका हुन्। स्थानीयले विरोध स्वरुप आइतबार नै गाउँ पस्ने प्रमुख बाटोमा डोजर लगाएर खाल्डो खनीअवरुद्ध गरेका छन्। स्थानीयले नेपाली कांग्रेस, माओवादी र एमालेका स्थानीय नेताले पार्टीबाट सामुहिक राजिनामा दिन दबाब सृजना गरेका छन्। गाउंमा विरोधको क्रममा झडपको अवस्था सृजना भएपछि स्थानीय प्रशासनले व्यापक मात्रामा प्रहरी परिचालन गरि अवस्थालाई सामान्य पारेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis