Incident Reports

Bibechana: CPN vandalizes municipality sign boards in Ilam

2017-05-21

Cadres of CPN have vandalized and replaced sign boards of various municipalities in Ilam. Till date they have replaced 17 such old infrastructures with the those of People's committee. The party replaced municipality office sign boards of Ilam Municipality, Ibhang VDC and Ek Tappa VDC with the ones of People's committee. Meanwhile, police have arrested an individual in accusation of replacing sign boards and distributing pamphlets with anti-election slogans. Similarly, police have also arrested Prakash Gharti Magar of Sabhaghat-1,Surkhet on similar charges. नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले इलामका नगरपालिका र गाउँपालिका कार्यालयको साइनबोर्ड फाल्न थालेका छन् । हालसम्म कम्युनिष्ट पार्टीले इलामका पुराना संरचना अनुसारका १७ वटा गाविसका वडाहरु परिवर्तन गरी स्थानीय जनसमितिका कार्यालयहरु स्थापना गरेको बताएको छ । शनिबार राति मात्र पार्टीले इलाम नगरपालिका, इभांग गाविस र एकतप्पा गाविसक बोर्ड परिवर्तन गरी स्थानीय जनसमितिको बोर्ड राखेको दावी गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचन भट्टराईका अनुसार हालसम्म इलाम नगरपालिका,लुम्दे,गजुरमुखी,चमैता लगायतका १७ वटा गाविसमा जनसमितिका बोर्ड राखिएका छन् । यसैबीच, शनिबार राति ९ बजेको समयमा फाकफोक्थुम गाउँपालिका-७ को बोर्ड निकालेर स्थानीय जनासमितिको बोर्ड परिवर्तन गर्नुका साथै जेठ ३१ गतेको स्थानीय निकायको निर्वाचनविरोधी पर्चा पम्प्लेट टाँसेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी एक्ताप्पको संयुक्त टोलीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । त्यसैगरी, प्रहरीले सुर्खेत सभाघट नगरपालिका-१ बस्ने बादल भनिने प्रकाश घर्ती मगरलाई समेत नियन्त्रण लिएको छ । उनलाई जेठ ६ गते बिहान तीन बजेको समयमा मंग्सेबुंग गाउँपालिकाको बोर्ड फालेर जनसरकारको बोर्ड परिवर्तित गरेको आरोपमा अपराह्न १ बजे पक्राउ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments

Related Trend Analysis