Incident Reports

साइनबोर्ड फाल्दै विप्लव कार्यकर्ता

2017-05-21

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले इलामका नगरपालिका र गाउँपालिका कार्यालयको साइनबोर्ड फाल्न थालेका छन् । हालसम्म कम्युनिष्ट पार्टीले इलामका पुराना संरचना अनुसारका १७ वटा गाविसका वडाहरु परिवर्तन गरी स्थानीय जनसमितिका कार्यालयहरु स्थापना गरेको बताएको छ । शनिबार राति मात्र पार्टीले इलाम नगरपालिका, इभांग गाविस र एकतप्पा गाविसक बोर्ड परिवर्तन गरी स्थानीय जनसमितिको बोर्ड राखेको दावी गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचन भट्टराईका अनुसार हालसम्म इलाम नगरपालिका,लुम्दे,गजुरमुखी,चमैता लगायतका १७ वटा गाविसमा जनसमितिका बोर्ड राखिएका छन् । यसैबीच, शनिबार राति ९ बजेको समयमा फाकफोक्थुम गाउँपालिका-७ को बोर्ड निकालेर स्थानीय जनासमितिको बोर्ड परिवर्तन गर्नुका साथै जेठ ३१ गतेको स्थानीय निकायको निर्वाचनविरोधी पर्चा पम्प्लेट टाँसेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी एक्ताप्पको संयुक्त टोलीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । त्यसैगरी, प्रहरीले सुर्खेत सभाघट नगरपालिका-१ बस्ने बादल भनिने प्रकाश घर्ती मगरलाई समेत नियन्त्रण लिएको छ । उनलाई जेठ ६ गते बिहान तीन बजेको समयमा मंग्सेबुंग गाउँपालिकाको बोर्ड फालेर जनसरकारको बोर्ड परिवर्तित गरेको आरोपमा अपराह्न १ बजे पक्राउ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments

Related Trend Analysis