Incident Reports

बहुअर्वालाई धनौजीमा स्थानान्तरण गर्दा स्थानीय आन्दोलित

2017-05-23

Madhes, Dhanusha, Nagarain

स्थानीय तहको संरचनाअन्र्तगत धनुषा जिल्लाको बहुअर्वा गाविसलाई धनौजी गाउँपालिकामा गाभिन लागेको विरोधमा मंगलबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन् । विगतमा बहुअर्वा गाउँ नै सिँगो गाविस भएको धनौजी गाउँपालिका टाढा, पायक तथा कल्सटर रुटमा नपर्ने भन्दै गाउँबासीहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । बहुअर्वाको अगाडी धनौजी गाउँको जनघनत्व , आयतन तथा आकार समेत न्यून रहेकोमा बहुअर्वालाई धनौजी गाउँपालिकामा गाभिनुलाई कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने स्थानीयहरुले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis