Incident Reports

जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै प्रदर्शन

2017-05-26

Gandaki, Lamjung, Besishahar

जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेले शुक्रवार जनकपुरमा प्रदर्शन गरेको छ । एमाले धनुषा जिल्ला कमिटीको आह्वानमा जनकपुरलाई महानगर बनाउन माग गर्दै जुलुस प्रदर्शन भएको हो । जुलुसको नेतृत्व केन्द्रीय सदस्य जुलीकुमारी महतो,जिल्ला अध्यक्ष राजकिशोर यादव लगायलते गरेका थिए । एमालेले रघुनाथपुपरलाई गाउँपालिकानै कायम गर्न भनी स्थानीय जनताले गरेको मागमा ऐक्यबद्धता प्रकट गरेको प्रदर्शनपछि युवा संघका सचिवालय सदस्य सन्जिकुमार झाले बताए । रघुनाथपुरलाई कांग्रेसको अनुकुलताका लागि तोडफोड गरिएको भन्दै त्यहाँ आन्दोलन भइरहेको छ । प्रदर्शनपछि आयोजित सभालाई एमाले नेताहरु श्रीप्रसाद साह,जुलीकुमारी महतो,राजकिशोर यादव लगायतले सम्बोधन गरेका थिए । एमालेले प्रमुख जिल्ला अधिकारी मार्फत जनकपुरलाई महानगर बनाउन सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments

Related Trend Analysis