Incident Reports

शिक्षकले यातना दिएको आरोप

2017-05-30

Province 1, Sunsari, Dharan

दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने मुलुककै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञानचक्षुकी प्रधानाध्यापक केशरी थापाले आर्थिक अनियमितता र शिक्षक विद्यार्थीलाई ‘शारीरिक र मानसिक यातना’ दिएको भन्दै छ शिक्षकले राजीनामा माग गरेका छन् । प्रअ थापा २४ वर्षदेखि काजमा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कार्यरत छन् । उनीविरुद्ध शिक्षक प्रकाश कार्की, डोल्मा योञ्जन, सुशीला थापा, विद्या शाक्य, सीता कार्की र तुलसी तिम्सिनाले हातमा कालोपट्टी बाँधेर राजीनामा माग गरेका हुन् । थापा ०५० सालको अन्ततिर शरदा बालिका नमुना विद्यालयबाट काजमा ज्ञानचक्षु आइपुगेकी थिइन् । उनको यही आउँदो मंसिरमा अवकाश हुँदै छ । पूर्वविद्यार्थीहरू सुन्दर लिम्बू, सुमिन चौधरी र भक्तबहादुर गुरुङले थापाले आफूहरूमाथि अभद्र व्यवहारसँगै चरम यातना दिएको आरोप लगाए । उनले विद्यार्थीलाई जेलजस्तै गरेर राख्ने गरेको उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘स्कुल हामीलाई जेलजस्तै लाग्छ । हामीले आफ्नो कुरा स्पोन्सरलाई राख्नका लागि पनि प्रतिबन्धित थियो ।’ प्रअ थापाले ज्ञानचक्षुमा आफू विधिसम्मत र प्रक्रिया पुर्‍याएर आएकाले विधिसम्मत तरिकाले मात्रै अवकाश लिने बताइन् । उनले भर्खरै करारमा आएका शिक्षक प्रकाश आफू प्रअ हुन शिक्षक, विद्यार्थी र अभिभावलाई उचालेर विवादमा तान्न खोजेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments